राति मधेस प्रदेशसहित देशका धेरै ठाउँमा वर्षा

 चैत १०, २०८१ आइतबार ६:१२:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – मधेस प्रदेशसहित देशका धेरै ठाउँमा राति पानी परेको छ । अरू ठाउँको तुलनामा मधेसका सप्तरी, सिरहा, महोत्तरीमा धेरै पानी परेको छ । यस्तै हिजो बेलुकी गोरखा, तनहुँ, प्युठान लगायतका ठाउँमा पनि पानी परेको थियो ।

काठमाण्डौसहित देशका केही ठाउँमा राति हावाहुरीसमेत चलेको थियो । अहिले मधेससहित पूर्वी तराईका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको छ । आजदेखि पश्चिमबाट मौसम क्रमिक सुधार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया