जलवायु परिवर्तनले हिमालय क्षेत्रमा सङ्कट बढाउँदै

 चैत ९, २०८१ शनिबार १६:७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा अत्याधिक समस्या आउन थालेको भन्दै विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । संसारको छाना र एशियाको पानीको टावर भनिने हिमालय क्षेत्रको पानीले झन्डै डेढ अर्ब मानिसको जीवनयापनमा महत्वपूर्ण भूमिका खेलेको छ ।

हिमालमा रहेका बरफ र हिमनदीले जलाशयको रूपमा काम गर्दै आएका छन् । तर तापक्रम बढेसँगै यसमा असर परेको हिमनदी विज्ञ डा. मोहनबहादुर चन्दले बताउनुभयो ।

वैज्ञानिक अनुसन्धान अनुसार सन् २०५० सम्ममा हिमालयका एक तिहाइ हिमनदीको अस्तित्व सकिने खतरा छ । यसका कारण, नदीहरूको पानीको प्रवाहमा कमी आउने र वर्षायाममा पानीको अभाव हुने डर छ । यसले तटीय क्षेत्रमा कृषिमा असर पुरर्‍याउने, जल स्रोतमा समस्या आउने र मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने सम्भावना बढेको छ ।

समस्या आउनेतर्फ सचेत गराउँदै विज्ञहरुले समयमै जल व्यवस्थापन र संरक्षणका उपाय अपनाउन, पानी बचतका उपायहरूसँगै जल पुनर्चक्रण प्रविधि र वर्षाको पानी सङ्कलनलाई प्राथामिकता दिन सुझाव दिएका छन् ।

यस्तै पहाडी क्षेत्रका समुदायलाई जलवायु परिवर्तनको प्रभाव र जल सङ्कटका बारेमा सचेत गराउन र उनीहरूलाई पानीको सतर्क प्रयोगमा शिक्षित गराउन विज्ञहरुको सुझाव छ । हिमालय क्षेत्रमा देखिएको समस्यालाई ख्याल गरेर यस वर्षको विश्व जल दिवस पनि हिमनदी संरक्षण भन्ने मुल नाराका साथ मनाइदैछ । हरेक वर्ष मार्च २२ तारिखमा मनाइने विश्व पानी दिवसअन्तर्गत आज नेपालमा पनि विभिन्न कार्यक्रम भइरहेका छन् । 

अन्तिम अपडेट: चैत १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया