हिमपात र वर्षाले किसानलाई राहत, आजदेखि मौसममा क्रमिक सुधार आउने

 चैत १०, २०८१ आइतबार ९:१२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – हिमपात र वर्षाले किसानलाई राहत पुगेको छ । अहिलेका मुख्यबाली गहुँ, जौ, आलुसहित तरकारी र फलफूल खेती गरेका किसानलाई राहत पुगेको हो । यसवर्ष हिउँद निक्कै सुक्खा भएर बित्यो ।

अहिले प्रि–मनसुनको बेला देशका कतिपय ठाउँमा छिटपुट तथा मध्यम वर्षा र हिमपात भएको छ । खेतबारीमा लगाएको गहुँ, मकै, तरकारीबाली र फलफूल बगैँचामा हल्का भए पनि सिँचाइ भएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ का नरबहादुर भण्डारीले बताउनुभयो । उहाँका अनुसार लामो समयपछि हिजो जमिन भिज्ने गरी पानी परेको छ ।

हिमपात भएपछि पर्यटकीय उच्च क्षेत्रमा आन्तरिक पर्यटकको चहलपहल बढेको पर्यटन व्यवसायीले बताएका छन् । हिजो म्याग्दी, गोरखा, तनहुँ, प्युठान, गुल्मी लगायतका ठाउँमा पानी परेको थियो । गएराति मधेस प्रदेशसहित देशका धेरै ठाउँमा पानी परेको छ । अरू ठाउँको तुलनामा मधेसका सप्तरी, सिरहा, महोत्तरीमा धेरै पानी परेको छ ।

यस्तै काठमाण्डौसहित देशका केही ठाउँमा हावाहुरीसमेत चलेको थियो । आज बिहान पनि मधेससहित पूर्वी तराईका केही ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का पानी परेको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि साधारणतया बदली रहने र बाँकी ठाउँको मौसम सफा रहने महाशाखाले जनाएको छ ।

कोशी, बागमती र गण्डकी प्रदेशका एक÷दुई ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । आजदेखि पश्चिमबाट मौसममा क्रमिक सुधार हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: चैत ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया