पीएम कप क्रिकेट : एपीएफकाे छैटाैं जीत, गण्डकीले मधेशलाई 'सुपर ओभर' मा हरायाे

 चैत ११, २०८१ सोमबार १७:१९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्यान

काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले लुम्बिनी प्रदेशलाई ७ विकेटले हराएकाे छ ।

लुम्बिनीले दिएको २ सय २४ रनको लक्ष्य एपीएफले ४१ ओभर ५ बलमा ३ विकेट गुमाएर ४९ बलअघि भेटायो । एपीएफका पुरन विकले नटआउट ७२, कप्तान रोहित पौडेलले ७१ रन बनाए । लुम्बिनीका राजेन्द्र बमले ३ विकेट लिए ।

यसअघि रुपन्देहीकाे एक्स्ट्राटेक ओभल मैदानमा टस जितेर ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय २३ रन बनायो । लुम्बिनीका कप्तान देव खनालले ६३, मृनल गुरुङले ५५ रन बनाए । एपीएफका अमर रौटेला र अभिषेक गौतमले ३/३ विकेट लिए । योसँगै एपीएफले ८ खेलमा छैटौं जीत हात पारेको छ भने लुम्बिनीले ९ खेलमा ८ अङ्कसहित प्रतियोगिता सकाएको छ ।

यस्तै रुपन्देहीकै सिद्धार्थ रङ्गशालामा भएको खेलमा गण्डकीले मधेश प्रदेशलाई ‘सुपर ओभर’ मा हरायो । सुपर ओभरमा गण्डकीले दिएको २३ रनको लक्ष्य पछ्याएको मधेशले ९ रनमात्र बनाउन सक्यो ।

यसअघि मधेशले दिएको २ सय ४७ रनको लक्ष्य पछ्याएको गण्डकी ४९ ओभर ५ बलमा २ सय ४६ रनमा अलआउट भयो । गण्डकीका अर्जुन कुमालले शतक बनाए । मधेशका विशाल पटेलले ४ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको मधेशले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४६ रन बनाएको थियो । मधेशका रोहन विकेले ६४ तथा हरिशंकर शाह र रुपेश सिंहले समान ५१ रन बनाए । गण्डकीका विपिन खत्री र कमल परियारले २/२ विकेट लिए ।

योसँगै गण्डकीले ९ खेलमा ४ अङ्कसहित जोडेर प्रतियोगिता सकाएको छ भने मधेशले ७ खेलमा पाँचौं हार बेहोरेको छ ।

अन्तिम अपडेट: चैत १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया