कोशी र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भ...
चैत १४, २०८१ बिहिबार
साउदी अरेबियामा तीन दिनको शान्ति वार्तापछि रूस र युक्रेनले अमेरिकासँग विभिन्न सम्झौता गर्दै ब्ल्याक सीमा युद्धविराम गर्ने सहमति गरेका छन् । रुस र युक्रेन वाणिज्य व्यापारलाई सुरक्षित गर्न तथा उर्जा क्षेत्रमा सैन्य आक्रमण रोक्न सहमत भएका बीबीसीले जनाएको छ । तीन वर्षभन्दा लामो समयदेखि रुस र युक्रेनबीच भइरहेको युद्ध ३० दिनसम्म रोक्ने सहमति भएको बीबीसीले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कूटनीतिक पहलको प्रतिफल मानिएको ह्वाइट हाउसले दाबी गरेको छ । यद्यपि रुसले युद्ध विराम लागू हुनु पहिले अमेरिकाले आफूलाई कृषि र मल निर्यातका लागि विश्वबजारमा पुनः पहुँच पुर्याउन मद्दत गर्नुपर्ने सर्त राखेको छ । यस्तै बैंक, बीमा कम्पनी र खाद्य निर्यातकर्तामाथि लागेको केही प्रतिबन्ध पनि हटाइनु पर्ने बताएको छ ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने दुई देशबीच युद्धविराम गर्न सहमत भए पनि रुसले शर्तहरुबारे झुठ बोलिरहेको आरोप लगाउनुभएको छ । रुसले युद्धविराम कार्यान्वयन गर्नेमा जेलेन्स्की अझै सशंकित रहनुभएको खबरमा उल्लेख छ । युद्धविरामको कार्यान्वयन र त्यसको निगरानी कसरी गरिन्छ भन्ने पनि स्पष्ट भइसकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।