बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

 चैत १३, २०८१ बुधबार १८:३०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्कबहादुर रोकायासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो । तत्कालीन अध्यक्ष रोकायासहित तत्कालीन वडाध्यक्ष भीमबहादुर रोकाया, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपककुमार रावल, तत्कालीन इन्जिनियर सुरेन्द्रबहादुर खाती, तत्कालीन प्राविधिक असिस्टेन्ट इन्जिनियर जनक थापा मगर, तत्कालीन लेखापाल मदनराज जोशी र सिम्लका घट्ट सिँचाइ कुलो योजना उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शमशेर रोकायाविरुद्ध मुद्दा दायर भएको हो ।

उनीहरूसँग जनही १४ लाख आठ हजार आठ सय १७ रुपैयाँ बिगो मागदाबी भएको छ । उनीहरूले सिम्लका घट्ट कुलो सिँचाइ निर्माणमा आर्थिक वर्ष २०७६/७७ मा रकम विनियोजन गरी कार्य सम्पन्न गरेका थिए ।

अन्तिम अपडेट: चैत १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया