पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शुरू
चैत १८, २०८१ सोमबार
काठमाण्डौ – सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले पदबाट राजीनामा दिनुभएको छ । आर्थिक लेनदेनको आरोप लागेपछि उहाँले राजीनामा दिनुभएको हो ।
कांग्रेस, एमाले र नागरिक उन्मुक्ति पार्टीको संयुक्त सरकारमा चौधरी नागरिक उन्मुक्ति पार्टीबाट मन्त्री बन्नुभएको हो । उहाँले मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आर्थिक लेनदेनको आरोप लागिसकेपछि नैतिकताका आधारमा राजीनामा दिएको बताउनुभएको छ ।
मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री चौधरीलाई पदबाट राजीनामा दिन निर्देशन दिनुभएको थियो । दीगो वन व्यवस्थापन कार्यविधि मन्त्रिपरिषदबाट पारित तथा कार्यान्वयन गर्नका लागि व्यापारीहरुसँग मन्त्री चौधरीले आर्थिक लेनदेनको सन्दर्भमा कुराकानी गरेको अडियो केही दिनअघि सार्वजनिक भएको थियो ।
अडियोमा उहाँले नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय नेता, मुख्यमन्त्री लगायतलाई मिलाउन रकम चाहिने बताउनुभएको थियो । उहाँले पार्टीभित्रको आन्तरिक गुटबन्दीको पनि सिकार हुन पुगेको दाबी गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।