काठमाण्डौ महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई ७ लाख ९३ हजार रुपैयाँ जरीवाना तोक्यो (पत्रसहित)

 चैत १६, २०८१ शनिबार १७:८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सात लाख ९३ हजार रुपैयाँ जरीवाना तोकेको छ । हिजो तीनकुने क्षेत्रको प्रदर्शनमा तोडफोड र फोहोर गरेवापत महानगरले आठ वटा शीर्षकमा सात लाख ९३ हजार रुपैयाँ जरीवाना तोकेको हो । ज्ञानेन्द्र शाह, निर्मल निवास काठमाण्डौका नाममा महानगरका आठ जना नगर प्रहरीले आठ वटा बेग्लाबेल्लै पत्र काटेका हुन् ।

दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै तीनकुने क्षेत्रमा प्रदर्शन भएको थियो । प्रसाईंले आह्वान गरेको प्रदर्शनलाई नवराज सुवेदी नेतृत्वको राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समिति, राप्रपा र राप्रपा नेपालले पनि समर्थन जनाएका थिए ।

यसअघि फागुन २५ गते पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाण्डौ आउँदा त्रिभुवन विमानस्थलदेखि स्वागत र प्रदर्शनका क्रममा फोहोर र महानगरका संरचनामा क्षति पुर्‍याएकोमा महानगरले राप्रपालाई एक लाख रुपैयाँ जरीवाना तोकेको थियो । सांसद ज्ञानेन्द्र शाहीले महानगरमा पुगेर जरीवाना तिरेका थिए । त्यसअघि महानगरले दरबारमार्गमा कार्यक्रम गरेको नेकपा (एमाले)लाई पनि एक लाख रुपैयाँ जरीवाना तोकेको थियो ।

अन्तिम अपडेट: चैत १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया