काठमाण्डौ विश्वकै सबैभन्दा प्रदूषित शहर
चैत १८, २०८१ सोमबार
काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले सनराइर्जस हैदराबादलाई ५ विकेटले हराएको छ ।
हिजो भएको खेलमा हैदराबादले दिएको १ सय ९१ रनको लक्ष्य लखनउले १६ ओभर एक बलमा ५ विकेट गुमाएर पूरा गर्याे। लखनउको जीतमा निकोलस पुरनले सर्वाधिक ७० रन बनाए । मिचेल मार्शले ५२ रन जोडे ।
हैदराबादका लागि कप्तान प्याट कमिन्सले २ तथा मोहम्मद सामी, हर्षल पटेल र एडम जाम्पाले समान १ विकेट लिए ।
त्यसअघि घरेलु मैदान राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो ।
हैदराबादका लागि ओपनर ट्राभिस हेडले सर्वाधिक ४७ रन बनाए । अनिकेत बर्माले ३६ रन जोडे । लखनउको लागि शार्दुल ठाकुरले ४ विकेट लिए ।
पहिलो खेलमा दिल्ली क्यापिटल्ससँग पराजित भएको लखनउको यो पहिलो जीत हो । हैदराबादले पहिलो खेलमा राजस्थानलाई हराएको थियो ।
आईपीएलमा आज चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेङ्गलोरु खेल्दैछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।