वरिष्ठ पत्रकार कमल कोइरालाको निधन

 चैत १८, २०८१ सोमबार ६:३०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वरिष्ठ पत्रकार एवम् पूर्वराजदूत कमल कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको छ ।

केही दिनअघि घरमै लडेर बिरामी हुनुभएका कोइरालालाई उपचारका लागि सिनामङ्गलको केएमसी अस्पतालमा भर्ना गरिएकोमा उपचारको क्रममा हिजो निधन भएको हो ।

पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमलले दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर काम गर्नुभएको थियो ।

कोइराला परिवारका एक मात्र कम्युनिष्ट र वामपन्थी विचारधारामा विश्वास राख्ने उहाँले विभिन्न पत्रपत्रिकामा स्तम्भकारका रुपमा काम गर्नुभएको थियो ।

पूर्वसांसदसमेत रहनुभएका दिवङ्गत कोइरालाको आज बिहान ११ बजे नेकपा (एकीकृत समाजवादी) को कार्यालयमा श्रद्धाञ्जली दिई पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ ।

अन्तिम अपडेट: चैत १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया