पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शुरू
चैत १८, २०८१ सोमबार
म्यानमार र थाइल्याण्डमा शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक हजार नाघेको छ । ज्यान गुमाउनेको सङ्ख्या पछिल्लो विवरणमा एक हजार दुई जना पुगेकाे छ ।
त्यस्तै दुई हजार तीन सय जनाभन्दा धेरै घाइते भएका उद्धारमा खटिएका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ । भत्किएका भवनहरूमा फसेकाहरुको खोजी र उद्धार कार्य चलिरहेको छ ।
भूकम्पले म्यानमारमा भवन, पुल, सडक भत्किएका छन् । म्यानमारको सैन्य सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको छ ।
चिनियाँ विपद् प्रतिकार्य ३७ जनाको टोली पुगेको छ । टोली एक सय १२ सेट आपतकालीन उद्धार सामग्रीसहित पुगेको हो । सैन्य सरकारले देशका ६ ठाउँमा आपतकालीन अवस्था घोषणा गरेको पनि जानकारी दिएको छ ।
त्यस्तै थाईल्याण्डले आपतकालीन अवस्था घोषणा गरेको छ । म्यानमारमा हिजो ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । भूकम्पले म्यानमार र सीमावर्ती थाइल्यान्डका बैंककसहित विभिन्न क्षेत्रमा क्षति पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।