औँसी नुहाउन र श्राद्ध गर्न मुस्ताङमा एकैदिन १० हजारभन्दा धेरै भित्रिए

 चैत १६, २०८१ शनिबार १३:२२:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  – चैते औँसी नुहाउन, श्राद्ध, तर्पण र पिण्डदान गर्न मुस्ताङमा एकैदिन १० हजार जनाभन्दा धेरै भित्रिएका छन् ।

मुस्ताङको कागबेनीधाममा श्राद्ध, तर्पण र पिण्डदान गर्न श्रद्धालुको घुइँचो लागेको हो । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार कागबेनीमा श्राद्ध गर्ने र मुक्तिनाथमा दर्शन गर्ने दर्शनार्थीको सुरक्षाका लागि मातहतका निकाय खटिएका छन् ।

तीर्थालुले मुस्ताङका होटल भरिभराउ भएका छन् । थासाङ गाउँपालिका–४ घाँसाबाट कागबेनीसम्मका होटल तीर्थालुले भरिभराउ भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीले जानकारी दिनुभयो ।  जोमसोमका पर्यटन व्यवसायी अजित थकालीले पनि हजारौँ श्रद्धालु भक्तजनको घुइँचो रहेको बताउनुभयो ।

दुई वर्षअघि कागखोला बाढीले कागबेनीधाम र भौतिक संरचनामा क्षति पुगेपछि कागबेनीमा श्राद्ध, पूजापाठ र स्नान गर्न समस्या हुँदै आएको छ । कागबेनी मन्दिर तथा श्राद्धस्थल व्यवस्थापन समितिकी अध्यक्ष लक्ष्मी गुरुङले यस क्षेत्रको पुनर्निर्माण तत्काल गर्नुपर्नेमा जोड दिनुभएको छ ।  

अन्तिम अपडेट: चैत १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया