`शुक्रवारको घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्छ´
चैत १६, २०८१ शनिबार
काठमाण्डाै – रुसी सेनामा भर्ना भएर युक्रेनसँगको युद्धमा ज्यान गुमाएका १६ जना नेपालीका आफन्त राहत र क्षतिपूर्तिको खोजीका लागि रुस पुगेका छन् ।
रुसको राजधानी मस्कोमा रहेको नेपाली दूतावासको सिफारिशमा १६ जनालाई रुस जान अनुमति दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । रुस जानेहरूमा धेरैजसो ज्यान गुमाउने सैनिकका श्रीमती छन् । कानूनी हकदार नै चाहिने भएकाले धेरैजसो श्रीमतीहरू नै गएका हुन् ।
कन्सुलर सेवा विभागका कार्यवाहक महानिर्देशक लेखनाथ गौतमका अनुसार बेपत्ता रहेका भनिएका केही व्यक्तिका परिवारका सदस्य पनि आफन्तको खोजी गर्दै रुस गएका छन् । युक्रेनसँगको युद्धमा रुसको तर्फबाट लड्न भर्ना भएका नेपालीमध्ये ४९ जनाको ज्यान गएको पुष्टि भएको र झन्डै सय जना बेपत्ता रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।
पहिचानका लागि डीएनए नमूना पठाएका ६५ जनाको परिणाम आएको छैन । क्षतिपूर्ति वा बेपत्ता आफन्तको खोजी गर्दै रुस पुगेका परिवारका सदस्यहरूले प्रक्रिया चलिरहेको बताएका छन् ।
रुसले ज्यान गुमाएका नेपाली रुसी सैनिकका परिवारलाई झन्डै १ करोड ७० लाख रुबल अर्थात् २ करोड ७७ लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।