`शुक्रवारको घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्छ´
चैत १६, २०८१ शनिबार
काठमाण्डाै – पाकिस्तानसँगको पाँचौं तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेट घरेलु टोली न्युजिल्यान्डले ८ विकेटले जितेको छ ।
पाकिस्तानले दिएको १ सय २९ रनको लक्ष्य न्युजिल्यान्डले २ विकेट गुमाएर ६० बलअघि नै भेटायो । न्युजिल्यान्डका टिम साइफर्टले नटआउट ९७ रन बनाए । पाकिस्तानका सुफियन मुकुमले २ विकेट लिए ।
त्यसअघि वेलिङ्गटनको स्काई स्टेडिममा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १ सय २८ रन बनायो । पाकिस्तानका कप्तान सलमान अघाले ५१ रन बनाए । न्युजिल्यान्डका जेम्स नीशमले ५ विकेट लिए ।
योसँगै पाकिस्तानले पाँच खेलको टी–२० शृङ्खला ४–१ ले जितेको छ । अब पाकिस्तान र न्युजिल्यान्डबीचको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला आउँदो शनिवारदेखि शुरू हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।