आईपीएल क्रिकेटमा आज राजस्थान र कोलकाता खेल्दै

 चैत १३, २०८१ बुधबार ९:२१:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्स (केकेआर) खेल्दैछन् । खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे गुवाहाटीमा शुरु हुनेछ ।

कोलकाता उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीवी) सँग पराजित हुँदा राजस्थान पनि आफ्नो पहिलो खेलमा सनराइजर्स हैदराबादसँग हारेको थियो ।

१८ औँ संस्करणको आईपीएल क्रिकेटमा हिजो भएको खेलमा गुजरात टाइटन्सलाई ११ रनले पराजित गर्दै पञ्जाब किङ्ग्सले विजयी शुरुआत गरेको छ ।  आईपीएल क्रिकेट मे २५ तारिखसम्म चल्नेछ ।

अन्तिम अपडेट: चैत १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया