काठमाण्डौ तीनकुने क्षेत्रको कर्फ्यू हट्यो, गाडीको आवतजावत सामान्य बन्दै

 चैत १६, २०८१ शनिबार ७:४:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौको तीनकुने क्षेत्रमा हिजो दिउँसोदेखि लगाइएको कर्फ्यूको हटाइएको छ । अहिले बिहान ७ बजेदेखि कर्फ्यु हटाइएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले उज्यालोलाई जानकारी दिनुभयो ।

यसअघि गएराति १० बजेसम्मका लागि जारी भएको कर्फ्यूको समय आज बिहान ७ बजेसम्मका लागि थप गरिएको थियो ।

बानेश्वर तीनकुने क्षेत्र, गौशालादेखि विमानस्थल, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वर बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमूल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै बानेश्वर चोकसम्म कर्फ्यू आदेश जारी भएपछि आवतजावत ठप्प भएको थियो ।

काभ्रे हुँदै काठमाण्डौ ओहोरदोहोर गर्ने गाडी पनि चल्न सकेका थिएनन् । कर्फ्यू हटेपछि गाडीको आवतजावत सामान्य हुन थालेको छ । यस्तै काठमाण्डौका अरु ठाउँमा पनि गाडीको आवतजावत सामान्य रहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: चैत १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया