विद्युत् प्राधिकरण विवाद : हितेन्द्रदेव शाक्यकाे रिट दर्ता

 चैत १४, २०८१ बिहीबार १६:२९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यकाे रिट सर्वाेच्च अदालतमा दर्ता भएकाे छ ।

शाक्यले हिजाे बुझाउनुभएकाे रिट आज दर्ता भएकाे सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिनुभयो । शाक्यले साढे ३ वर्ष पुरानाे मुद्दा टुङ्गाे लगाउन माग गर्दै रिट दिनुभएकाे हाे ।

यसअघि प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले आफूलाई सरकारकाले गैरकानूनी रूपमा हटाएको दाबी गर्दै बुझाउनुभएकाे रिट दर्ता भएकाे थियाे । घिसिङ र शाक्य दुवैको प्रारम्भिक सुनुवाइ भोलिका लागि तोकिएको छ ।

यसअघि २०७८ साल साउन २५ गते तत्कालीन सरकारले कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरेर कुलमान घिसिङलाई कार्यकारी निर्देशक पदमा नियुक्त गरेको थियो । सरकारको त्यो निर्णयको विरुद्धमा शाक्यले सर्वोच्चमा रिट हाले पनि अहिलेसम्म सर्वोच्चले फैसला दिएको छैन ।

अन्तिम अपडेट: चैत १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया