रविन्द्र मिश्र, धवलशमशेर राणासहित ४१ जना अदालतमा पेश

 चैत १७, २०८१ आइतबार १७:५९:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – प्रहरीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरू रविन्द्र मिश्र र धवलशमशेर राणा तथा स्वागत नेपालसहित ४१ जनालाई अदालतमा पेश गरेको छ ।

शुक्रवार काठमाण्डाै तीनकुनेमा दुई जनाको ज्यान जाने गरी भएको प्रदर्शनमा उनीहरूको संलग्नता रहेको आरोपमा प्रहरीले शुक्रवार राति नै उनीहरूलाई पक्राउ गरेको थियो ।

उनीहरूविरुद्ध प्रहरीले सङ्गठित अपराध, राज्यविरुद्धको कसूर र आपराधिक उपद्रको कसूरमा अनुसन्धान गर्न म्याद थपको अनुमति मागेको छ । राप्रपाले भने नेताद्वय मिश्र र राणालाई रिहा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ ।

अन्तिम अपडेट: चैत १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया