तीनकुने घटनामा कारबाही गर्न प्रहरीले सूचना माग्यो

 चैत १७, २०८१ आइतबार १५:१२:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्वीर

काठमाण्डाै – नेपाल प्रहरीले गएको शुक्रवार राजावादी प्रदर्शनका क्रममा काठमाण्डौका विभिन्न क्षेत्रहरूमा भएका गैरकानूनी आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूका बारेमा सूचना दिन आग्रह गरेको छ ।

राजावादी प्रदर्शनका क्रममा तीनकुने, कोटेश्वर, सिनामङ्गल, जडीबुटीलगायतका क्षेत्रहरूमा निजी सम्पत्ति, प्रहरी कार्यालय, सञ्चार गृह, राजनीतिक दलका कार्यालय, व्यापारिक केन्द्रलगायत निजी तथा सरकारी गाडीमा तोडफोड, आगजनी, लुटपाट भएको थियो । ती गतिविधिमा संलग्न व्यक्तिहरूका सम्बन्धमा अनुसन्धानको प्रमाण सङ्कलनका लागि प्रहरीले तथ्यपरक सूचना (फोटो, भिडियो, संलग्न व्यक्तिको विवरण) उपलब्ध गराई सहयोग गरिदिन आग्रह गरेको हो ।

यस्तै प्रहरीले सूचना र सूचनाकर्ताको गोपनीयता कायम रहने पनि बताएको छ ।

अन्तिम अपडेट: चैत १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया