अमेरिकाले फिलिपिन्सलाई २० वटा एफ–१६ लडाकू विमान बिक्री गर्ने
चैत २०, २०८१ बुधबार
काठमाण्डाै – सांसद दीपक बोहोराको निधनमा शोक प्रस्ताव पारित गरेर संसद् बैठक अन्त्य भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले शोक प्रस्ताव राख्नुभएको थियो । शोक प्रस्ताव सर्वसम्मतिबाट पारित भयो ।
रुपन्देहीको क्षेत्र नम्बर–३ बाट निर्वाचित राप्रपाका सांसद बोहोराको ७६ वर्षको उमेरमा आज बिहान निधन भएको हो । आजको बैठकमा सभामुख घिमिरले संसद्को हिउँदे अधिवेशन अन्त्यसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रको ब्यहोराबारे पनि जानकारी दिनुभएको थियो ।
हिजो बसेको मन्त्रिपरिषद् बैठकले सङ्घीय संसद्को चालू अधिवेशन आज राति १२ बजेदेखि अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिश गरेको थियो । त्यसअनुसार राष्ट्रपति पौडेलले सङ्घीय संसद्का दुवै सदनका चालू अधिवेशन आज राति १२ बजेदेखि लागू हुने गरी अन्त्य गर्नुभएको छ ।
संसद्को हिउँदे अधिवेशन गएको माघ १८ गतेदेखि शुरू भएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।