वेस्ट इन्डिजको टेस्ट कप्तानबाट ब्राथवेटले राजीनामा दिए, टी–२० ...
चैत १९, २०८१ मंगलबार
काठमाण्डाै – नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादमा कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले दायर गरेको रिट हेर्न नमिल्नेमा परेको छ ।
आज दुवै जनाको रिट एकैसाथ हेर्ने गरी प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र शारङ्गा सुवेदीको इजलासमा परेको थियो । यसअघि अस्ति शुक्रवार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा पेशी तोकिएको थियो । याे इजलासले दुवै पक्षलाई छलफलका लागि आजका लागि बोलाउन भनेको थियो । त्यस्तै पक्ष र विपक्ष दुवैलाई १५ दिनभित्र लिखित जवाफको माग गरिएको छ । घिसिङ र शाक्यको रिट गएको बिहीवार दर्ता भएको हो ।
घिसिङले मन्त्रिपरिषद्ले आफूलाई बर्खास्त गरी शाक्यलाई नियुक्त गर्ने निर्णयलाई बदर गर्न अन्तरिम आदेशको माग गर्नुभएको छ । शाक्यले भने यसअघि आफूलाई गैरकानूनी रूपमा हटाइएको भन्दै चार वर्षको पारिश्रमिक माग गर्नुभएको छ ।
गएको सोमवार सरकारले कुलमान घिसिङलाई बर्खास्त गरी शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।