शक्तिशाली भूकम्पका कारण म्यानमार र थाइल्याण्डमा ज्यान गुमाउनेको सङ्ख्या एक सय ४४ पुग्यो

 चैत १६, २०८१ शनिबार ७:४५:६ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

म्यानमार र थाइल्याण्डमा हिजो गएको शक्तिशाली भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या एक सय ४४ जना पुगेको छ । सयौँ घाइते भएका छन् ।

प्रारम्भिक विवरण अनुसार घाइतेको सङ्ख्या कम्तीमा सात सय ३२ जना पुगेको छ । भत्किएका भवनहरूमा फसेकाहरुको उद्धार कार्य चलिरहेको छ । भूकम्पले म्यानमारमा भवन, पुल, सडक भत्किएका छन् ।

त्यस्तै बैङ्ककमा निर्माणाधीन ३० तले गगनचुम्बी भवन पनि भत्किएको छ । म्यानमारले अन्तर्राष्ट्रिय सहायताको लागि अपिल गरेको छ । कुनै पनि देश या संस्थालाई सहयोग खुला गरिएको बीबीसीले जनाएको छ ।

म्यानमारमा ७ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो । भूकम्पले म्यानमार र सीमावर्ती थाइल्यान्डका बैंककसहित विभिन्न क्षेत्रमा क्षति पुगेको छ ।

म्यानमारमा पहिलो भूकम्प गएको १२ मिनेटपछि फेरि ६ दशमलव ४ म्याग्निच्युडको अर्काे भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ ।

अन्तिम अपडेट: चैत १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया