एशियन कप छनोटमा नेपाल मलेसियासँग पराजित

 चैत १३, २०८१ बुधबार ६:३७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एन्फा

काठमाण्डौ – एएफसी एशियन कप–२०२७ को छनोट अन्तर्गत हिजो भएको खेलमा नेपाल मलेसियासँग पराजित भएको छ । मलेसियाको जोहोरबारूमा रहेको सुल्तान इब्राहिम रङ्गशालामा नेपाल २–० ले पराजित भएको हो ।

मलेसियाले दुवै हाफमा एक/एक गोल गर्‍याे । नेपालले यससँगै छनोटको तेस्रो चरण हारबाट शुरुआत गरेको छ । समूह एफमा नेपाल र मलेसियासँगै भिएतनाम र लाओस पनि छन् ।

अर्को खेलमा भिएतनामले लाओसलाई ५–० गोलले हराएको छ । अब जुनमा हुने छनोट खेलमा नेपालले लाओससँग र अर्को खेलमा भियतनाम र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । यस पटकको छनोटमा एशियाका २४ टोलीलाई छ समूहमा विभाजित गरिएको छ ।

होम एण्ड अवे पद्धतीमा खेलाइने छनोटपछि हरेक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ । नेपाल र मलेसियाबीचको हिजोको खेल नेपालमा हुनुपर्ने भए पनि एशियाली फुटबल महासङ्घले दशरथ रङ्गशालालाई मान्यता नदिएपछि खेल मलेसियामा भएको हो । 

अन्तिम अपडेट: चैत १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया