अर्जेन्टिना विश्वकपका लागि छनोट, ब्राजिल ४–१ गोलले पराजित

 चैत १३, २०८१ बुधबार ९:५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – अर्जेन्टिना फिफा विश्वकप–२०२६ का लागि छनोट भएको छ । दक्षिण अमेरिकी छनोटअन्तर्गत उरुग्वे र बोलिभियाबीचको खेल गोलरहित बराबरीमा सकिएपछि आज बिहान ब्राजिलसँग खेल्नुअघि नै साविक विजेता अर्जेन्टिना विश्व कपका लागि छनोट भयो ।

त्यस्तै आज भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई ४–१ गोलले हरायो । घरेलु मैदानमा अर्जेन्टिनाका जुलियन अल्भारेज, एन्जो फर्नान्डेज, एलेक्स म्याक्स एलेस्टर र जिलियन सिमिवनले गोल गरे । ब्राजिलका लागि म्याथुस चुन्हाले एक गोल फर्काए । दक्षिण अमेरिकाबाट विश्वकपका लागि छनोट हुने अर्जेन्टिना पहिलो टोली बनेको छ ।

शीर्ष स्थानको अर्जेन्टिनाको १४ खेलमा ३१ अङ्क छ । ब्राजिलको १४ खेलमा २१ अङ्क छ । ब्राजिल चौथो स्थानमा छ । १० टोली रहेको दक्षिण अमेरिकी छनोटबाट शीर्ष छ वटा देश विश्वकपका लागि छनोट हुनेछन् । सातौं टोलीले प्ले अफको मौका पाउनेछ । छनोटका अन्य खेलमा भेनेजुएलाले पेरुलाई एक गोलले हराउँदा कोलम्बिया र पाराग्वेले दुई/दुई, चिली र इक्वेडर तथा बोलिभिया र उरुग्वेले गोलरहित बराबरी खेलेका छन् ।

अन्तिम अपडेट: चैत १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया