आईपीएल क्रिकेटमा राजस्थानले चेन्नईलाई र दिल्लीले हैदरावादलाई ...
चैत १८, २०८१ सोमबार
काठमाण्डौ – आज देशका धेरै ठाउँको मौसम मुख्यतया सफा रहेको छ । मधेश प्रदेशसहित सबै प्रदेशको तराई क्षेत्रको मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज देशैभरको हिमाली र पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।
कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी भेगमा भने मेघगर्जन र चट्याङसहितको हल्का वर्षा र हिमपात हुन सक्ने अनुमान छ ।
देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेको महाशाखाको भनाइ छ । प्रिमनसुन भएकाले बेलुकीपख काठमाण्डौ उपत्यकासहित तराईका केही ठाउँमा सामान्य हावाहुरी चल्न सक्ने अनुमान छ ।
यसैबीच हिउँददेखि नै पर्याप्त पानी नपर्दा काठमाण्डौमा वायु प्रदूषण बढेको छ । काठमाण्डौको वायु प्रदूषणको स्तर अस्वस्थकर अवस्थामा पुगेको छ ।
विश्वभरको वायु प्रदूषणको अवस्था मापन गर्ने आईक्यू एअर इन्डेक्सकाअनुसार आज बिहान साढे सात बजेसम्म काठमाण्डौको एअर क्वालिटी इन्डेक्स (एक्यूआई) २०६ रहेकाे छ । आईक्यू एअरकाअनुसार काठमाण्डौ विश्वकै प्रदूषित शहरमध्ये दोस्रोमा छ । इजिप्टको काइरो पहिलो स्थानमा छ । काइरोको एक्युआई २३० रहेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।