दिल्लीलाई हराउँदै नेपाली युवा टोलीले एक खेलअघि नै जित्यो शृङ्खला

 चैत १४, २०८१ बिहीबार १८:११:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्यान

काठमाण्डाै – दिल्लीको १९ वर्षमुनिको टोलीसँगको तीन खेलको एकदिवसीय क्रिकेटको अभ्यास शृङ्खला नेपाली युवा टोलीले एक खेलअघि नै जितेको छ ।

वीरगञ्जमा आज भएको दोस्रो खेलमा नेपाली टोलीले दिल्लीको टोलीलाई १ सय २ रनले हरायो । नेपालले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको दिल्ली ३० ओभर ४ बलमा ९० रनमै अलआउट भयो । दिल्लीका शन्तनु यादवले सबैभन्दा धेरै ३० रन बनाए । नेपालका अपराजित पौडेलले ५ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर १ सय ९२ रन बनायो । नेपालका अभिषेक तिवारीले ६०, नरेन भट्टले ५२ रन बनाए । दिल्लीका शुभम् दुबेले ३ विकेट लिए । पहिलो खेल नेपालले ५ विकेटले जितेको थियो ।

अन्तिम अपडेट: चैत १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया