अमेरिकी कर वृद्धिकाे सामना गर्न चीन, जापान र दक्षिण कोरिया क्...
चैत १७, २०८१ आइतबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गरिब देशहरूमा बालबालिकाका लागि खोप किन्न मद्दत गर्ने संस्था ‘गाभी’ का लागि अमेरिकी कोष अन्त्य गर्ने र औलोविरुद्ध लड्ने प्रयासहरूलाई घटाउने योजना बनाएको छ ।
अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सीले तयार पारेको दस्तावेजमा विभिन्न कटौतीहरूका बारेमा खुलासा गरेको द न्युयोर्क टाइम्सले जनाएको छ ।
सन् २००० मा ‘गाभी’ को स्थापना भएदेखि अमेरिकाले ७८ देशमा एक अर्बभन्दा धेरै बालबालिकालाई खोप लगाउन सहयोग गरेको छ । यसले भविष्यमा हुने एक करोड ८० लाखभन्दा बढी मृत्युलाई रोकेको छ ।
ट्रम्प प्रशासनले एचआईभी र क्षयरोगको उपचार गर्ने औषधिहरूका लागि भुक्तानी गर्ने, गृहयुद्ध र प्राकृतिक प्रकोपहरू भइरहेका राष्ट्रहरूलाई खाद्य सहायता प्रदान गर्ने केही अनुदानहरूलाई भने निरन्तरता दिने खबरमा उल्लेख छ ।
ट्रम्पले पदभार ग्रहण गरेदेखि अमेरिकाले विदेशी सहायतालाई नाटकीय रूपमा घटाएको छ । नयाँ प्रशासनको ‘अमेरिका फर्स्ट’ नीतिसँग मिल्दोजुल्दो बनाउन झन्डै ८० प्रतिशत सम्झौताहरू अचानक कटौती गरिएको छ जसले गर्दा विश्वव्यापी रूपमा अराजकता, भ्रम र पीडा बढेको खबरमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।