काठमाण्डौ महानगरपालिकाले एसईई दिएर गन्तव्यमा पुग्न समस्या भए गाडी उपलब्ध गराउने

 चैत १५, २०८१ शुक्रबार ९:१:५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले महानगरभित्र एसईई दिएर गन्तव्यमा पुग्न समस्या भए गाडी उपलब्ध गराउने भएको छ ।

महानगरपालिकाले आज हुने भनिएका विभिन्न आन्दोलन र प्रदर्शनलाई मध्यनजर गरेर यस्तो निर्णय गरेको जनाएको छ ।

एसईई दिएर गन्तव्यमा पुग्न समस्यामा परेका विद्यार्थीले हटलाइन नम्बर ०१५९०१७६४ र ९८५१३५६५०९ सम्पर्क गर्न महानगरपालिकाले अनुरोध गरेको छ ।

त्यस्तै नायब प्रहरी उपरीक्षक दिनेशकुमार अर्यालको सम्पर्क नम्बर ९८५१०६८०९६ (वानेश्वर), नायब प्रहरी उपरीक्षक मनोज प्रसाद लामिछानेको सम्पर्क नम्बर ९८५१०९३१७६ (रत्नपार्क), नायब प्रहरी उपरीक्षक पूर्णचन्द्र भट्टको सम्पर्क नम्बर ९८५१२३३६३३ (नयाँ बसपार्क) र नायब प्रहरी उपरीक्षक प्रकाश पण्डितको सम्पर्क नम्बर ९८५१०५६३४६ ( टेकु) मा फोन गर्न सकिने छ ।

अन्तिम अपडेट: चैत १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया