काठमाण्डौको हावा अस्वस्थकर : कोशी, गण्डकी र कर्णालीमा हल्का वर्षाको सम्भावना

 चैत १३, २०८१ बुधबार ७:३८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – वायु प्रदूषणको स्तर अस्वस्थकर अवस्थामा पुगेको छ । विश्वभरको वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने स्विट्जरल्याण्डको आईक्यू एयरकाअनुसार आज बिहान ७ बजेसम्म काठमाण्डौको एयर क्वालिटी इन्डेक्स (एक्युआई) एक सय ६६ छ ।

आईक्यू एयरका अनुसार एक सय ५० सम्मको एक्युआईलाई सन्तोषजनक, एक सय ५० देखि दुई सयसम्मलाई अस्वस्थ, त्यसमाथी तीन सयसम्म अति अस्वस्थ र तीन सयमाथी आपत्कालीन अवस्था मानिन्छ ।

सुख्खायाम शुरु भएसँगै जङ्गलमा लागेको डढेलो, पर्याप्त वर्षा नभएको, धुलाम्मे सडक, फोहोर जलाउनेलगायतका कारण नेपालमा यो बेला प्रदूषण उच्च हुने गर्छ । वायु प्रदूषणले विभिन्न रोगको जोखिम बढाएसँगै अस्पतालहरुमा बिरामीको सङ्ख्या पनि बढेको डाक्टरहरुले बताएका छन् ।

वायु प्रदूषणले श्वासप्रश्वास प्रणालीका अङ्गहरु नाक, मुख, घाँटी, श्वासप्रश्वास नली र फोक्सोमा असर गर्ने तथा आँखा, छाला, मुटु र  मष्तिस्कमा पनि असर गर्ने वरिष्ठ छाती तथा फोक्सोरोगका वरिष्ठ विशेषज्ञ डा.अच्युत भक्त आचार्यको भनाइ छ । वायु प्रदूषणबाट जोगिन सकेसम्म घर बाहिर नजाने, जानै परे मास्क लगाउन, सरसफाईमा ध्यान दिन उहाँको सुझाव छ ।

यसैबीच आज तीन वटा प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात र केही ठाउँमा मेघगर्जन र चट्याङसिहत वर्षाको सम्भावना रहेको छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशको पहाडी भागमा आंशिक बदली रहेको तर धेरै ठाउँको मौसम आज मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया