सुनको भाउ आज दुई सय रुपैयाँले बढ्यो
चैत १३, २०८१ बुधबार
हुम्ला – हुम्लामा उत्पादन हुने रैथाने बालीको मूल्य निर्धारण भएको छ । जिल्ला प्राथमिक खरिद समितिको बैठकले चालू आर्थिक वर्षका लागि सात प्रकारका रैथाने बालीको मूल्य निर्धारण गरेको जिल्ला खाद्य व्यवस्था समितिका सदस्य सचिव कृष्णबहादुर थापामगरले जानकारी दिनुभयो ।
नयाँ मूल्य अनुसार चिनो र कागुनोको चामल प्रतिकिलो एक सय ८० रुपैयाँ, सिमी प्रतिकिलो एक सय ७० रुपैयाँ, कोदो र तिते फापर प्रतिकिलो एक सय रुपैयाँ तथा मिठे फापर र उवा प्रतिकिलो एक सय २० रुपैयाँ निर्धारण गरिएको छ । चिनो, कागुनो र तिते फापरको मूल्य अघिल्लो वर्षको तुलनामा पाँच रुपैयाँले बढेको छ । सिमीको भाउ प्रतिकिलो १० रुपैयाँले बढेको छ ।
यी सबै रैथाने बाली खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गाउँपालिकासँग सम्झौता गरेर खरिद गर्नेछ । हुम्लामा रैथाने बालीको आधिकारिक रूपमा मूल्य निर्धारण गर्न शुरू गरिएको यो तेस्रो वर्ष हो ।
बैठकमा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे, सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी, नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामालगायतको उपस्थिति थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।