आईपीएल क्रिकेटमा पञ्जाबको विजयी शुरुआत, गुजरात ११ रनले पराजित

 चैत १३, २०८१ बुधबार ५:५६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सलाई ११ रनले पराजित गर्दै पञ्जाबले विजयी शुरुआत गरेको छ । हिजो भएको खेलमा पञ्जाबले दिएको दुई सय ४४ रनको लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ३२ रन मात्रै बनाउन सक्यो । गुजरातका साई शुदर्शनले सर्वाधिक ७४ रन बनाए । जस बटलरले ५४ रन जोडे । पञ्जाबका अर्शदीप सिंहले सर्वाधिक दुई विकेट लिए ।

त्यसअघि नरेन्द्र मोदी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै दुई सय ४३ रन बनाएको थियो । पञ्जाबका कप्तान श्रेयस अय्यरले सर्वाधिक ९७ रन बनाए । प्रियान्स आर्यले ४७ रन जोडे ।

गुजरातका शाई किशोरले तीन विकेट लिए । आईपीएलमा आज राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सले खेल्दैछन् । भारतको गुवाहाटीमा हुने खेल नेपाली समय अनुसार राति पौने ८ बजे शुरु हुनेछ । 

अन्तिम अपडेट: चैत १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया