युक्रेनलाई सुरक्षा नदिए रुसले युद्ध विराम उल्लङ्घन गर्ने बेलायतको आशङ्का

 चैत ८, २०८१ शुक्रबार १२:२०:३७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

बेलायती प्रधानमन्त्री किअर स्टार्मरले युक्रेनलाई सुरक्षा नदिए रुसले कुनै पनि बेला युद्ध विराम उल्लङ्घन गर्ने आशङ्का व्यक्त गर्नुभएको छ ।

उहाँले युक्रेनलाई सुरक्षित नबनाए रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै पनि समय युद्ध विराम भङ्ग गर्न सक्ने आशङ्का व्यक्त गर्नुभएको हो । उहाँले रुस र युक्रेनको बीचमा भइरहेको युद्ध रोक्न शान्ति सम्झौता गरेर पूर्ण रूपमा कार्यान्वयन गर्दै सुरक्षाको ग्यारेन्टी हुनुपर्नेमा जोड दिनुभएको हो ।

बेलायतमा २० भन्दा बढी देशका प्रतिनिधि भेला भएर युक्रेनको सुरक्षाका लागि सेना तयार गर्न गरेको छलफलमा स्टार्मरले यस्तो बताउनुभएको बीबीसीले जनाएको छ ।

युद्ध विराम उल्लङ्घन गरेमा आफूलाईसमेत अप्ठेरो पर्ने कुरा रुसले महसूस गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।

बेलायतमा अहिले भइरहेको सैन्य छलफल युक्रेनलाई कसरी सीमा, आकाश र समुद्रमा नै सुरक्षित राख्ने भन्ने विषयमा केन्द्रित भएको स्टार्मरको भनाइ छ । बेलायतले यसअघिदेखि युक्रेनमा सेना पठाउन सक्ने बताउँदै आएको छ । 

अन्तिम अपडेट: चैत १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया