क्यानडामा मध्यावधि चुनाव घोषणा
चैत ११, २०८१ सोमबार
काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका किरण ठगुन्नाले एकै सिजनमा दुई शतक बनाउने कीर्तिमान बराबरी गरेका छन् ।
किरणले गएको संस्करणमा दुई शतक प्रहार गरेका त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारी र सन् २०२२ मा दुई शतक प्रहार गरेका नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्रसिंह ऐरीको कीर्तिमान बराबरी गरेका हुन् ।
गएको संस्करणमा विनोदले मधेश प्रदेश र कर्णाली प्रदेशसँगको खेलमा शतक बनाएका थिए । यस्तै २०२२ मा दीपेन्द्रले बागमती प्रदेश र आर्मीसँगको खेलमा शतक बनाएका थिए ।
किरणले आज दाङको देउखुरी रङ्गशालामा कोशी प्रदेशसँगको खेलमा शतक बनाएका हुन् । किरण ९१ बलमा १ सय १५ रन बनाएर आउट भए । यसअघि किरणले गण्डकी प्रदेशसँगको खेलमा शतक बनाएका थिए ।
अहिले कोशीले सुदूरपश्चिमले दिएको २ सय ४३ रनको लक्ष्य पछ्याइरहेको छ । यसअघि टस जितेर ब्याटिङ गरेकाे सुदूरपश्चिमले किरणकाे शतककाे मद्दतमा ४३ ओभर ४ बलमा २ सय ४२ रन बनाउँदा अलआउट भयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।