क्यानडामा मध्यावधि चुनाव घोषणा
चैत ११, २०८१ सोमबार
काठमाण्डाै । नेपालको डेरी उद्योगमा बलियाे उपस्थिति बनाउँदै आएको डेलिश डेरिजले उपभोक्ताका लागि नयाँ स्वादिष्ट उत्पादनहरू बजारमा ल्याएको छ । यसअघि थ्री कार्ड प्रस्तुत गरी नवीनता देखाएको कम्पनीले यसपटक फ्लेवरयुक्त दूध र मिल्कशेकहरू सार्वजनिक गरेको छ । जसले स्वाद र पोषणको उत्तम संयोजन प्रदान गर्ने लक्ष्य राखेको छ।
कम्पनीका अनुसार फ्लेवरयुक्त दूधमा केसर र बदामको विशेष स्वाद समावेश गरिएको छ । जसले परम्परागत स्वादको अनुभूति गराउँछ। त्यस्तै मिल्कशेकहरू विभिन्न आकर्षक स्वादमा उपलब्ध छन्, जसमा हेजलनट चकलेट, बनाना हनी सिनामन, र कोल्डकफी प्रमुख छन्।
सन् २०१८ मा स्थापना भएको डेलिश डेरिजले उच्च गुणस्तरीय उत्पादनहरू प्रदान गर्दै आएको छ। कम्पनीले स्थानीय रूपमा उत्पादित ताजा दूधलाई प्रयोग गरी प्राकृतिक सामग्रीहरू समावेश गरेर पोषणयुक्त उत्पादनहरू विकास गर्ने नीति अपनाएको छ।
डेलिश डेरिजका नयाँ उत्पादनहरू :
हेजलनट चकलेट – चकलेट र हेजलनटको स्वादको उत्कृष्ट संयोजन।
बनाना हनी सिनामन – प्राकृतिक मिठासयुक्त बनाना, मह, र सिनामनको सन्तुलित मिश्रण।
कोल्डकफी – ताजगी र ऊर्जा प्रदान गर्ने विशेष कफी स्वाद।
डेलिश डेरिजले उत्पादन प्रक्रियामा उच्चस्तरीय हाइजिन र गुणस्तर मापदण्डहरू पालना गर्ने प्रतिबद्धता जनाएको छ। साथै कम्पनीले स्थानीय किसानहरूको आर्थिक वृद्धि र दिगो विकासलाई ध्यानमा राख्दै उत्पादन प्रणालीलाई सन्तुलित बनाउने लक्ष्य राखेको छ।
डेलिश डेरिजले नेपाली डेरी संस्कृति समृद्ध बनाउँदै उपभोक्तालाई गुणस्तरीय तथा स्वादिष्ट उत्पादनहरू उपलब्ध गराउने प्रयासलाई निरन्तरता दिने जनाएको छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।