डेलिश डेरिजले शुरु गर्याे स्वादिष्ट उत्पादनहरू
चैत १०, २०८१ आइतबार
नवलपरासी – नवलपरासीमा पानीको महत्त्व बारे भजनकीर्तनको माध्यमबाट प्रस्तुत गरिएको छ । विश्व पानी दिवसको अवसरमा आज राष्ट्रिय लोक भजन चुट्का संस्कृति संरक्षण प्रतिष्ठान नेपालले पानीको महत्वका विषयमा साँस्कृतिक प्रस्तुतिकरण गरेको हो ।
सुनवल खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको परिसरमा भएको कार्यक्रममा आउँदो पुस्ताका लागि पानी जोगाऔं, भू–उपयोग र संरक्षण गरौं, बृक्षारोपण गरी ताल तलैया र हिमनदी जोगाऔं भन्ने सन्देशसहितका भजन प्रस्तुत गरिएको खानेपानी महासंघका जिल्ला सचिव मुक्तिबहादुर भण्डारीले जानकारी दिनुभयो ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नवलपरासीको आयोजना, खानेपानी तथा सरसफाइ कार्यालय परासी, सामुदायिक रेडियो परासी ९०.२ मेगाहर्ज र सुनवल खानेपानी संस्थाको सहकार्यमा पानीको महत्व बुझाउन भजनकीर्तन गरिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।