मौसममा क्रमिक सुधार : कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

 चैत ११, २०८१ सोमबार ७:५६:७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – पश्चिमी वायु सक्रिय भएका कारण केही दिनदेखि देशका धेरै ठाउँमा वर्षा भएकोमा आजदेखि मौसममा क्रमिक सुधार भएको छ । हिजोसम्म देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात र वर्षा भएको थियो ।

मधेस प्रदेशको केही ठाउँमा पनि वर्षा भएको छ । पश्चिमबाट मौसममा क्रमिक सुधार हुँदै आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज धेरै ठाउँको मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायूको आंशिक प्रभाव कायमै रहेकाले कोशी प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा भने हल्का हिमपात र मेघगर्जन र चट्याङसहितको वर्षाको सम्भावना छ । 

अन्तिम अपडेट: चैत १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया