काठमाण्डौ महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई ७ लाख ९३ हजार रुपै...
चैत १६, २०८१ शनिबार
काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेटमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले कोशी प्रदेशलाई २ विकेटले हराएकाे छ ।
कोशीले दिएको २ सय ५५ रनको लक्ष्य एपीएफले ८ विकेट गुमाएर ३२ बलअघि भेटायो । एपीएफका लोकेश बमले नटआउट ८४, कप्तान रोहित पौडेलले ६१ रन बनाए । कोशीका फिर्दाेश अन्सारी र दिपेश कँडेलले ३/३ विकेट लिए ।
त्यसअघि रुपन्देहीको सिद्धार्थ रङ्गशालामा टस जितेर ब्याटिङ गरेको कोशीले ५० ओभरमा २ सय ५४ रन बनाउँदा सबै विकेट गुमायो । कोशीका शकिब हकले ६८ रन बनाए । एपीएफका अभिषेक गौतम र मौसम ढकालले ३/३ विकेट लिए ।
यो जीतसँगै एपीएफ ९ खेलमा १४ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । एपीएफ फाइनलमा पुग्ने सम्भावना कायमै छ । भोलि हुने त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीचको खेलको नतिजाले फाइनल पुग्ने अर्काे टोलीको टुङ्गो लाग्नेछ । यो खेल आर्मीले फराकिलो अन्तरले हारेमा एपीएफ फाइनल पुग्ने सम्भावना छ । आर्मी ८ खेलमा १४ अङ्कसहित नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ ।
पुलिस ८ खेलमा १६ अङ्कसहित एक खेलअघि नै फाइनलमा पुगिसकेको छ । कोशीले ९ खेलमा २ अङ्कसहित पुछारमा रहेर प्रतियोगिता सकाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।