‍नाइजेरियाको एउटा मस्जिदमा भएको आक्रमणमा कम्तीमा ४४ जनाको ज्यान गयो

 चैत ९, २०८१ शनिबार १८:३:३८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

नाइजेरियामा आतङ्कवादीले गरेको आक्रमणमा परी कम्तीमा ४४ जना सर्वसाधारणको ज्यान गएको छ । आक्रमणबाट ज्यान गुमाएका व्यक्तिको सम्मान र परिवारप्रति समवेदना प्रकट गर्न नाइजर सरकारले हिजोदेखि तीन दिने शोकको घोषणा गरेको छ ।

नाइजेरियाको आन्तरिक मन्त्रालयले राष्ट्रिय टेलिभिजनमार्फत कोकोरोको ग्रामिण शहरको फोनबिटामा रहेको मस्जिदमा भएको आक्रमणमा ४४ जनाको ज्यान गएको १३ जना घाइते भएका जनाएको रोयटर्सले जनाएको छ ।

मन्त्रालयका अनुसार मस्जिदमा प्रार्थनाको समयमा दिउँसोको समयमा आक्रमण भएको थियो । आतङ्ककारीहरूले मस्जिदलाई घेरी स्थानीय बजार तथा घरहरूमा समेत आगो लगाएको मन्त्रालयले जनाएको छ । 

अन्तिम अपडेट: चैत १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया