तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथनको उपाधि अनिस र सन्तोषीलाई

 चैत ९, २०८१ शनिबार १८:१४:९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै – तेस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन–२०२५को उपाधि भारतीय सेनाका अनिस थापा मगरले जितेका छन् । फोर एट गोर्खा राइफल्सका मगरले दुई घण्टा २० मिनेट १८ सेकेण्डमा ४२ किलोमिटर लामो म्याराथन पूरा गरी प्रथम भएका छन् । उनले तीन लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे ।

यस्तै दोश्रो भएका त्रिभुवन आर्मी क्लबका सुशिलकुमार शाहीले दुई घण्टा २० मिनेट २५ सेकेण्डमा पूरा गरी दुई लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । केन्याका धावक स्टेफेन कोस्गेईले दुई घण्टा २० मिनेट ४७ सेकेण्डमा म्याराथन पूरा गरी तेस्रो स्थान प्राप्त गरे । उनले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार जिते ।

२१ किलोमिटरको महिला हाफ म्याराथनमा सन्तोषी श्रेष्ठले एक घण्टा २० मिनेट पाँच सेकेण्डमा दूरी पूरा गरी प्रथम भइन् । उनले एक लाख ५० हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

त्रिभुवन आर्मी क्लबकी पूर्णलक्ष्मी न्यौपानेले दुई घण्टा २१ मिनेट ४९ सेकेण्डमा दूरी पूरा गरी दोस्रो स्थान पाइन् । उनले एक लाख रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् । चीनकी चेन वेईले दुई घण्टा २६ मिनेटमा दूरी पूरा गरी तेस्रो भइन् । उनले ८० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।

बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरिएको प्रतियोगितामा पुरस्कृत खेलाडीहरूलाई चीनका राजदूत चेन सोङ र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नगद पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको थियो । यसैगरी पाँच किलोमिटर दूरीको छात्र–छात्राको म्याराथन र तीन किलोमिटरको वकाथन प्रतियोगितासमेत सम्पन्न भएको छ ।

दोस्रो लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति तथा ध्यान महोत्सव कार्यक्रमअन्तर्गत चिनियाँ दूतावासको सहकार्यमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसहित विभिन्न निकायहरूले म्याराथनको आयोजना गरेका थिए ।

अन्तिम अपडेट: चैत १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया