डेलिश डेरिजले शुरु गर्याे स्वादिष्ट उत्पादनहरू
चैत १०, २०८१ आइतबार
काठमाण्डौ – अहिले देशका धेरैजसो पहाडी भू–भागमा मेघगर्जनसहित सामान्य पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दैलेखमा सबैभन्दा धेरै १५ मिलिमिटर वर्षा भएको महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । पश्चिमी भू–भागको तुलनामा पूर्वि पहाडी भू–भागमा कम वर्षा भएको छ ।
काठमाण्डौ उपत्यकाका उत्तरी भू–भागहरु सुन्दरीजल, साँखु लगायतका ठाउँमा अहिले हल्का वर्षा भएको मौसमविद् अर्यालले बताउनुभयो । आज राति देशभर समान्य बदली भइ केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको छ ।
भोलि कोशी, गण्डकी र बागमती प्रदेशका केही ठाउँमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । मौसमी प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै गरेको र भोलिदेखि मौसममा सुधार आउने मौसमविद् अर्यालले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।