२०३२ को ओलम्पिकपछि गाब्बा स्टेडियम भत्काइने
चैत १२, २०८१ मंगलबार
काठमाण्डाै – चालू आर्थिक वर्षको पहिलो सात महिनामा चार लाख ३३ हजार सात सय तीन जना करदाता थपिएका छन् ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार योसँगै स्थायी लेखा नम्बर लिएका करदाताको सङ्ख्या ६६ लाख ५९ हजार आठ सय ३६ जना पुगेको छ । यसमध्ये व्यक्तिगत स्थाली लेखा नम्बर लिनेको सङ्ख्या ६९ दशमलव ३ प्रतिशत रहेको छ ।
बजेटपछि करदाताको सङ्ख्या उल्लेख्य बढे पनि सरकारको आम्दानी भने बढ्न सकेको छैन । सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकोमा चैत ८ गतेसम्म लक्ष्यको ५१ प्रतिशत अर्थात् सात खर्ब ३७ अर्ब रुपैयाँमात्रै सङ्कलन गरेका महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कले देखाउँछ ।
सात महिनाकाे अवधिमा सरकारको बजेट घाटा एक अर्ब रुपैयाँमाथि उक्लिसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।