लाइसेन्स छापिएकाे एसएमएस आएपछि मात्रै कार्यालय आउन विभागकाे ...
चैत १४, २०८१ बिहिबार
टर्कीएका राष्ट्रपति रेचेप तैय्यप एर्दोगानले विपक्षी राजनीतिक दलहरूलाई हिंसाको आन्दोलन भड्काएको आरोप लगाउनुभएको छ । गएको बुधवार एर्दोगानका राष्ट्रपति प्रतिद्वन्द्वी तथा इस्तानबुलका मेयर एवम् विपक्षी नेता इक्राम इमामोग्लु भ्रष्टाचारको आरोपमा पक्राउ परेपछि विरोध प्रदर्शन भईरहेको छ ।
छ दिनसम्म भइरहेको विरोध प्रदर्शनलाई हिंसात्मक बनाउन विपक्षी राजनीतिक दलले भूमिका खेलेको राष्ट्रपति एर्दोगानको आरो रहेको बीबीसीले जनाएको छ । प्रदर्शनका क्रममा हजारौं मानिसहरू भेला भएका र अशान्ति बढेको भन्दै प्रदर्शनकारीमाथि अश्रुग्यास र रबरको गोली हानिएको छ ।
टर्कीए सरकारले विरोध प्रदर्शन शुरु भएदेखि एक हजार एक सय ३३ जनालाई पक्राउ गरेको खबरमा उल्लेख छ । मेयर पदबाट निलम्बित इमामोग्लुले आफूमाथि लगाइएका आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको बताउँदै आउनुभएको छ । तर उनको दाबी राष्ट्रपति एर्दोगानले अस्वीकार गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।