युक्रेनको उत्तरपूर्वी क्षेत्रमा रुसको आक्रमण

 चैत १२, २०८१ मंगलबार ६:४७:२० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

युक्रेनसँगको युद्धविरामबारे छलफल गर्न अमेरिका र रुसी अधिकारीहरूले भेटेपछि रुसले उत्तरपूर्वी युक्रेनलाई लक्षित गरी मिसाइल आक्रमण गरेको छ । आक्रमणमा बालबालिकासहित ६० जनाभन्दा धेरै मानिस घाइते भएका बीबीसीले जनाएको छ ।

सुमी शहरमा भएको आक्रमणपछि रुसलाई युक्रेनी अधिकारीले शान्ति सम्झौताको खोक्रो छलफल गर्नुभन्दा पहिले आक्रमण बन्द गर्नुपर्ने बताएका छन् । साउदी अरबमा हिजो अमेरिका र रुसबीचको पछिल्लो चरणको वार्तामा सन् २०२२ को सम्झौता पुनरावोलकन गरी ‘ब्ल्याक सी’ भएर आवतजावत गर्ने मालबाहक जहाज र निर्यातबारे छलफल भएको खबरमा उल्लेख छ । बदलामा रुसले मल निर्यात गर्न पश्चिमी प्रतिबन्धहरूबाट राहत खोजिरहेको बताएको छ ।

रुस–अमेरिका वार्ता १२ घण्टासम्म वार्ता चलेको छ । यसबारे आज संयुक्त विज्ञप्ति निकालेर जानकारी दिने तयारी छ । रुसको निरन्तरको आक्रमणले युद्धविराम अन्त्य गर्ने प्रयास भने जटिल बन्दै गइरहेको छ । 

अन्तिम अपडेट: चैत १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया