कोशी र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना

 चैत १२, २०८१ मंगलबार ७:५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेकाले देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । धेरै ठाउँको मौसम मुख्यतया सफा नै छ ।

आज दिउँसो कोशी र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात र केही ठाउँमा मेघगर्जन र चट्याङसिहत वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अरू सबै प्रदेशमा मौसम मूख्यतया सफा रहेको छ । प्रिमनसुनको समय भएकाले दिउँसोपछि काठमाण्डौ उपत्यका र आसपासका क्षेत्रमा तथा मधेस प्रदेश र अरू प्रदेशका तराई क्षेत्रमा सामान्य हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: चैत १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया