कुलमानलाई बर्खास्त गरिएकाेबारे प्रधानमन्त्रीले चित्त बुझ्दाे जवा...
चैत १३, २०८१ बुधबार
काठमाण्डौ – एएफसी एशिएन कप–२०२७ अन्तर्गत अन्तिम चरणको छनोट खेलमा नेपालले आज मलेसियासँग खेल्दैछ । खेल मलेसियाको ब्राहिम सुल्तान स्टेडियममा नेपाली समयअनुसार राति पौने ८ बजे शुरु हुनेछ ।
नेपालले गएको शुक्रवार अन्तराष्ट्रिय मैत्रिपूर्ण खेलमा सिङ्कापुरलाई १–० ले हराएको थियो । सिङ्गापुरलाई ३६ वर्षपछि पहिलो पटक हराउन सफल नेपाली टोलीको मनोबल उच्च रहेकोले मलेसियासँग पनि उत्कृष्ट प्रदर्शन गर्ने नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रोसले बताएका छन् ।
फिफा वरीयातमा मलेसिया एक सय ३२औँ र नेपाल एक सय ७५औँ स्थानमा छ । नेपालले अहिलेसम्म मलेसियालाई हराउन सकेको छैन । नेपाल र मलेसियाबिच अहिलेसम्म सात वटा अन्तर्राष्ट्रिय खेल भएकामा नेपाल छ खेलमा पराजित भएको छ भने एक खेल बराबरीमा सकिएको थियो ।
नेपाल र मलेसियाबिच पछिल्लो पटक सन् २०१९ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल २–० गोलले पराजित भएको थियो । यो पटकको छनोटमा एशियाका २४ टिमलाई छ समूहमा विभाजित गरिएको छ । नेपाल समूह ‘एफ’ मा मलेसिया, भियतनाम र लाओससँग रहेको छ ।
होम एण्ड अवे प्रणालीमा खेलाइने छनोटपछि हरेक समूहको शीर्ष टोली एशियन कपमा छनोट हुनेछ । मलेसियासँगको यो खेल नेपालको होम म्याच हो । तर दशरथ रङ्गशालाले अन्तराष्ट्रिय मान्यता नपाएको कारण नेपालले मलेसियामा खेल्न परेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।