बेलायतको आर्थिक वृद्धिदर सुस्त

 चैत १४, २०८१ बिहीबार १३:८:४१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

बेलायतको अर्थतन्त्र सन् २०२५ मा एक प्रतिशतले मात्र बढ्ने अनुमान छ । बेलायतको पब्लिक फाइनान्स वाचडग अफिस फर बजेट रेस्पोन्सिबिलिटी (ओबीआर) ले हाल सालै निकालेको तथ्याङ्क अनुसार यो वर्षका लागि आफ्नो वृद्धि प्रक्षेपणलाई परिमार्जन गरेको बेलायती अर्थमन्त्री रेचेल रिभ्सले हाउस अफ कमन्समा पुष्टि गर्नुभएको हो ।

विश्वव्यापी व्यापार विवाद बढ्दै गएमा बेलायतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी ) एक प्रतिशतले घट्न सक्ने ओबीआरले उल्लेख गरेको छ ।

बेलायतको वार्षिक उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) मुद्रास्फीति पनि अघिल्लो वर्ष दुई दशमलव पाँच प्रतिशतबाट यो वर्ष तीन दशमलव दुई प्रतिशतमा पुग्ने प्रक्षेपण गरिएको छ जुन अक्टोबरको प्रक्षेपण भन्दा शून्य दशमलव ६ प्रतिशतले बढी हो ।

अन्तिम अपडेट: बैशाख ६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया