नारायणी नदीमा डुबेर दिदीभाइ बेपत्ता

 चैत २७, २०८१ बुधबार ६:३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नारायणी नदीमा डुबेर दिदीभाइ बेपत्ता भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोट–१ मा रहेको ब्रिटिस क्याम्प नजिकै नारायणी नदीमा डुबेर हिजो बेलुका दिदीभाइ बेपत्ता भएका प्रहरीले जनाएको छ ।

गैँडाकोट–१ का विष्णु सेर्पुञ्जाकी छोरी १३ वर्षीया दीक्षा सेर्पुञ्जा र नौ वर्षीय छोरा स्वप्निल सेर्पुञ्जा नदी डुबेर बेपत्ता भएका इलाका प्रहरी कार्यालय गैँडाकोटका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक सानुकाजी विष्टले जानकारी दिनुभयो ।

दुवै बालबालिका हजुरआमा सुनमाया कुमालसँग नदीमा गई फर्किने बेलामा हजुरआमाको चप्पल छुटेर लिन जाँदा नदीमा डुबेर बेपत्ता भएका हुन् । भाइ नदीमा गएपछि दिदीले उद्धार गर्न खोज्दा दिदी पनि बेपत्ता भएको प्रहरीले जनाएको छ ।

प्रहरीसँग गोताखोर नभएकाले अहिले बिहानदेखि गोताखोरको टोलीसहित खोजी गरिने प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया