हार्भर्ड विश्वविद्यालयलाई विदेशी विद्यार्थी भर्ना गर्न प्रतिबन्ध लग...
बैशाख ४, २०८२ बिहिबार
डोमिनिकन रिपब्लिकको राजधानी सान्तो डोमिङ्गोमा रहेको जेट सेट नाइट क्लबको छत खस्दा कम्तीमा २७ जनाको ज्यान गएको छ । एक सय ५० भन्दा बढी घाइते भएका स्थानीय प्रहरीलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।
प्रसिद्ध डोमिनिकन मेरेंग गायक रुबी पेरेज स्टेजमा प्रदर्शन गरिरहेका बेला अचानक क्लबको छत खसकेको हो । दुर्घटना हुँदा क्लबमा पाँच सय देखि एक हजार जनासम्म मानिस रहेका थिए ।
राष्ट्रपति लुइस अबिनाडेरले उद्धार कार्यलाई प्राथमिकता दिन घटनास्थलको अनुगमन गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।