दाउन्नेमा एकतर्फी गाडी सञ्चालन, बाटो हिलो र चिप्लो हुँदा आवतज...
बैशाख ५, २०८२ शुक्रबार
काठमाण्डौ – देशका विभिन्न ठाउँमा चट्याङ लागेर तीन जनाको ज्यान गएको छ । सात जना घाइते भएका छन् । चट्याङ लागेर डोटी, बझाङ र रोल्पामा एक/एक जनाको ज्यान गएको हो ।
गएराति डोटीमा हावाहुरी, असिनापानीसँगै परेको चट्याङ लागेर सायल गाउँपालिका–६ दल्लेखकी ३३ वर्षीया कमला नागरीको ज्यान गएको हो । चट्याङ लागेर मृतक नागरीका छोराछोरीसहित ७ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद शर्माले बताउनुभयो ।
यस्तै बझाङको वित्थडचिर गाउँपालिका–३ मा पानीसँगै आएको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिनुभयो ।
चट्याङ लागेर लुम्बिनी प्रदेशको रोल्पा नगरपालिका १० कुटिबाङ घर भई रोल्पाकै सुनिलस्मृति गाउँपालिकामा आफन्तको घरमा बस्ने १५ वर्षीया किशोरीको पनि ज्यान गएको प्रहरीले जनाएको छ ।
यस्तै हिजो झापाको गौरादह नगरपालिका–५ बालुबथानमा चट्याङ लागेर घरमै खाना खाइरहेका ५४ वर्षीय दूधकुमार लावतीको घटनास्थलमै ज्यान गएको थियो ।
अहिले प्रिमनसुनको बेला चट्याङका दृष्टिले निकै जोखिमपूर्ण मानिन्छ । चैत १५ गतेदेखि असार मसान्तसम्म नेपालमा चट्याङको बढी जोखिम हुने गर्छ ।
त्यसैले यो समयमा उच्च सतर्कता अपनाउनुपर्ने विज्ञहरूले सुझाव दिने गरेका छन् । चट्याङ परेका बेला फोन, कम्प्युटर, रेडियो, टेलिभिजनजस्ता विद्युतीय सामग्री नचलाउने, विद्युतीय तरङ्ग टिप्न सक्ने फलाम, चिसो वस्तु छुन नहुने र नयाँ भवन निर्माणमा बिजुलीको राम्रोसँग अर्थिङ गर्नुपर्ने विज्ञको भनाइ् छ ।
यस्तै बिजुली चम्केको समयमा सकेसम्म घरभित्रै झ्यालढोका बन्द गरेर सुक्खा ठाउँमा बस्ने, खुला ठाउँमा भए कुनै घर अथवा भवनमा छिर्ने गरेमा पनि चट्याङबाट बच्न सकिन्छ । यस्तै अग्लो पहाड, ढिस्को र रूखमुनि तथा जमिनमा भने बस्न नहुने विज्ञको सुझाव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।