नेपालमा पर्यटन पूर्वाधारमा लगानी बढाउन जरुरी छ
बैशाख १, २०८२ सोमबार
काठमाण्डौ – काठमाण्डौ र ललिपुरका विभिन्न ठाउँमा आज पाँच घण्टासम्म विद्युत अवरूद्ध हुने भएको छ ।
काठमाण्डौ र ललितपुरका विभिन्न वितरण केन्द्रका विभिन्न फिडरअन्तर्गका ठाउँहरूमा विद्युत अवरूद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
काठमाण्डौको बलम्बु सहायक वितरण केन्द्रको थानकोट फिडर अन्तर्गत पर्ने नैकाप फुटबल ग्राउन्ड र किट्नीभञ्ज्याङ क्षेत्रमा विद्युत पोल स्थानान्तरण कन्डक्टर स्तरोन्नति गर्नका लागि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरूद्ध हुने भएको छ ।
रत्नपार्क वितरण केन्द्रको दरबारमार्ग फिडरअन्तर्गत जमलपुल अगाडी, विश्वज्योति हल एरिया, यलो पगोडा, अन्नपुर्ण होटेल भित्रसम्म, निर्वाचन आयोग अगाडिसम्म बिहान ७ बजेदेखि १० बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । ती क्षेत्रमा भूमिगत तार बिच्छ्याउनका लागि फिडर सट डाउनमा राख्नुपर्ने भएकाले विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ ।
त्यस्तै ललितपुरको लगनखेल वितरण केन्द्रको इमाडोल २ फिडर अन्तर्गत पर्न ग्वार्को, इमाडोल, कृष्णमन्दिर, ढुंगेसागुँ, बोजेपोखरी, टिकाथली, नर्कटे, लुभु, चाँगाथली क्षेत्रमा दिउँसो साढे २ बजेदेखि साढे ३ बजेसम्म विद्युत अवरूद्ध हुने प्राधिकरणले जनाएको छ।
लगनखेल वितरण केन्द्रकै जावलाखेल फिडर अन्तर्गत जावलाखेल, कुमारीपाटी, नटोल क्षेत्रमा दिउँसो १ बजेदेखि ४ बजेसम्म विद्युत अवरूद्ध हुने छ ।
त्यस्तै लगनखेल वितरण केन्द्रकै रिङरोड फिडर अन्तर्गत जिल्ला प्रशासन कार्यालय ललितपुर,एभिएम चोक, कुसुन्ती, कान्तिपुर कोलोनी, नखिपोट, शिवचोक, चुम्लुङ्ग भवन लगायतका क्षेत्रमा ११ बजेदेखि १२ बजेसम्म विद्युत अवरूद्ध हुने भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।